All for Joomla The Word of Web Design

अखिल नेपाल किसान महासंघले संयुक्त राष्ट्रसंघको किसान अधिकारसम्बन्धी घोषणापत्र अनुमोदन गर्न सरकार समक्ष माग

farmer_association

काठमाडौं, १४ साउन । अखिल नेपाल किसान महासंघले संयुक्त राष्ट्रसंघको किसान अधिकारसम्बन्धी घोषणापत्र अनुमोदन गर्न सरकार समक्ष माग गरेको छ । घोषणा पत्रबारे दक्षिण एसिया स्तरीय बैठक काठमाडौंमा सम्पन्न भएको जानकारी दिदै महासंघले उक्त घोषणापत्र अनुमोदनको माग गरेको हो ।

आईतबार काठमाडौंमामा पत्रकार सम्मेलन गरेर महासंघले किसान अधिकार घोषण पत्रलाई संयुक्त राष्ट्रसंघबाट पारित गराउनका लागि विश्व समुदायकोसमेत ध्यानाकर्षण गराएको हो ।

गत साउन ११ र १२ गते किसान तथा ग्रामीण क्षेत्रका अन्य श्रमिकहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघबाट पारित हुन लागेको किसान अधिकार सम्बन्धी घोषणा पत्र बारेमा दक्षिण एसिया स्तरीय बैठक काठमाडौंमा सम्पन्न भएको थियो ।

मानवअधिकार आयोगले किसानहरुको अधिकारसम्बन्धी अगाडि सारेका विषयहरु स्विकार्दै खाद्य सम्प्रभुताको अधिकारका लागि संघर्ष अगाडि बढाउने महासंघले जनाएको छ । त्यसैगरी महासंघले कृषि क्षेत्रमा हुने लैंगिक विभेदको विरोध गर्दै विउविजन, पानी, जिएमओ र विश्वव्यापार संगठनको हस्तक्षपको विरुद्धमा पनि ऐक्यवद्धता जाहेर गरेको जानकारी गराएको छ ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X