All for Joomla The Word of Web Design

अमेरिकी किसानलाई १२ अर्ब डलरको सहायता

usa-farmer

काठमाडौं, १० साउन । संयुक्त राज्य अमेरिकाले बढ्दो व्यापार युद्धबाट प्रभावित किसानहरूलाई सघाउने उद्देश्यले १२ अर्ब डलर बराबरको एउटा योजना सार्वजनिक गरेको छ ।

ट्रम्प प्रशासनले आयातमा लगाएको करको जवाफमा अरू मुलुकले भटमासलगायतका अमेरिकी उत्पादनमा कर बढाएपछि सो सहायता कार्यक्रम घोषणा गरिएको हो ।

किसानहरूलाई सहुलियत दिने र विक्री नभएका उनीहरूका उत्पादन खरिद गर्ने लगायतका कदम अमेरिकी योजनामा समेटिएका छन् । आफ्नो समर्थनको एउटा मजबुत आधारका रुपमा रहेका किसानहरूबाट चर्को आलोचना खेपे पछि राष्ट्रपति डोनल्ड ट्रम्पले सहायता उपलब्ध गराउने वाचा गरेका थिए ।

ट्रम्पले आफूले लगाएका करहरू अरू मुलुकको अमेरिकाप्रतिको नीति परिवर्तनका लागि दबाब सिर्जना गर्नका लागि भएको बताएका छन् । यसअघि एउटा ट्वीटमा उनले आफूले लगाएका करहरू सहि भएको उल्लेख गरेका थिए ।

मंगलवार दिएको एउटा भाषणमा ट्रम्पले अरू देशहरूले अमेरिकासँग नयाँ सम्झौताहरू गरेपछि त्यसको ’सबैभन्दा ठूलो फाइदा किसानलाई हुने’ बताएका थिए । तर निर्यातबाट करिब २० प्रतिशत आम्दानी भित्र्याउने कृषि उद्योगले राष्ट्रपतिको कदमबाट आफ्ना उत्पादनहरूको मागलाई असर पार्नुका साथै खरिदकर्ताहरूसँगको सम्बन्धमा दीर्घकालीन असर पार्ने जनाएको छ ।

राष्ट्रपति ट्रम्पको करको जवाफमा एउटा प्रमुख खरिदकर्ता चीनले कर लगाएपछि एप्रिलयता भटमासको मूल्यमा १५ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

अमेरिकी कृषि मन्त्रालयले व्यापारसम्बन्धी विवादका कारण करिब ११ अर्ब डलर बराबरको घाटा हुने अपेक्षा गरेको छ । अधिकारीहरूका अनुसार आपत्कालीन सहायताको १२ अर्ब डलरमध्ये अधिकांश रकम भटमास, गहुँ लगायत उत्पादन गर्ने किसानहरूलाई सीधै जानेछ । केही रकम निर्यात बढाउनका लागि खर्चिनेछ । सहायता कार्यक्रम अन्तर्गत पहिलो किस्ताको रकम सेप्टेम्बरबाट बाँड्न शुरू गरिने अपेक्षा गरिएको छ ।।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X