All for Joomla The Word of Web Design

आधुनिक इतिहासका सबैभन्दा धनी व्यक्ति बेजोस

काठमाडौं, १० साउन । अनलाईन रिटेल कम्पनी अमेजनका संस्थापक जेफ बेजोस आधुनिक इतिहासका सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

ब्लूमबर्गका अनुसार बेजोसको सम्पत्ति १ सय ५० अर्ब डलर पुगेको छ । बेजोसले माईक्रोसफ्टका संस्थापक विल गेट्सलाई ५५ अर्ब डलरले पछाडि पारेका छन् ।

ब्लूमवर्गका अनुसार विल गेट्सको सम्पत्ति ९५.३ अर्ब डलर छ । बेजोस सन् १९८२ यताको सबैभन्दा धनी व्यक्ति भएका छन् । गत वर्ष बढेको महङ्गीको वावजुदपनि ५४ वर्षिय बेजोसले गेट्सलाई पछाडि पारेका छन् ।

गेट्ससँग सन् १९९९ मा १ सय अर्ब डलर सम्पत्ति थियो । यससंगै अमेजनका सिईओ बेजोस १ सय ५० अर्ब डलर सहित १९८२ यताको सबैभन्दा धेरै सम्पत्ति भएको मानिस भएका छन् । सोमबार मात्रै अमेजनको सेयर मूल्य १ हजार ८ सय ४१ दशमलव ९५ डलर पुगेको थियो । यसभन्दा पहिले यसै वर्षको ८ जनवरीमापनि ब्लूमवर्गले जारी गरेको रिर्पोटमा १ सय ५ दशमलव १ अर्ब डलर थियो ।।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?