एक घर एक धारा र एक घर एक शौचालय

काठमाडौं, २६ असार । खानेपानी मन्त्री विना मगरले तीन बर्ष भित्र सबैलाई स्वच्छ खानेपानीको पहुँच पु¥याउने गरि योजना तर्जुमा गरिएको बताउनुभएको छ ।
सोमबारको राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालय अन्तर्गत विनियोजित बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले ७७ वटै जिल्ला र सबै स्थानीय तहमा रहेको खानेपानीको समस्या र चुनौतिको खोजी गर्दै निक्र्यौलमा पुग्ने दाबी गर्नुभयो ।
उहाँले एक घर एक धारा र एक घर एक शौचालयको कार्यनीति अनुसार ७७ वटै जिल्लामा क्रमागत रुपमा रहेका ३ हजार २ सय ४९ उच्च प्रविधियुक्त खानेपानी आयोजनाहरु र तराई मधेसमा आर्सेनिकमुक्त खानेपानी वितरणको व्यवस्था मिलाउन त्यस क्षेत्रका २१ जिल्लामा ६ सय ३७ आयोजनाहरु प्रदेशस्तरबाट सञ्चालनमा आउने गरी प्रक्रिया सुरु गरिएको जानकारी दिनुुभयो ।
0 Comments