All for Joomla The Word of Web Design

कंलकी–नागढुंगा सडक एक महिनाभित्र बनाइसक्न निर्देशन

raghubir-mahaseth

काठमाडौं, १३ साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले कंलकी–नागढुंगा सडक एक महिनाभित्र बनाइसक्न निर्देशन दिनुभएको छ । शनिबार बिहान कलंकी–नागढुंगा सडकको अवलोकन गर्दै मन्त्री महासेठले एक महिनाभित्र सडक बनाई नसके कारवाही गर्ने चेतावनी दिनुभयो ।

सडकमा देखिएका खाल्डा खुल्डी चाँडो बनाउन र पिच गर्न सरोकारवालाहरुलाई निर्देशन दिदै उहाँले भदौ–१२ गतेभित्र सडक पिच गरी नसके सरकारले कारवाहि गर्ने उहाँको भनाई थियो । राजधानी भित्रने मुख्य सडकको दुरावस्था रहेको टिप्पणी गर्दै मन्त्री महासेठले चाँडै सडकको स्तरोन्नती गरिने प्रतिबद्धता जनाउनुभयो ।

कलंकीदेखि नागढुंगासम्म सडकमा देखिएका खाल्डाखुल्डीमा पानी जमेकाले यातायात संचालन गर्न कठिन भएको छ । घाम लाग्दा धुलो र धुँवाले यात्रुहरु हैरान हुने गरेका छन् । ठेकेदारको लापरवाहीले सडक निर्माण ढिलो भएको भन्दै मन्त्री महासेठले ढिलासुस्ती गर्ने र ठग्ने छुट कसैलाई नभएको बताउनुभयो ।

बाटो बिस्तार गर्ने क्रममा घर क्षति भएका पीडितले मुआब्जा नपाउँदासमेत सडक बिस्तारमा ढिलाई भएको भन्दै उहाँले सर्वोच्च अदालतलेसमेत उचित क्षतिपूर्ति दिएर बाटो बिस्तार गर्ने फैसला गरे पछि सडक निर्माण झन अन्योल बनेको प्रष्ट पार्नुभयो । मन्त्री महासेठले सरकार समृद्धि र विकासको लागि अगाडि बढेकाले अब विकासमा अवरोध गर्ने कसैलाई नछाडिने चेतावनीसमेत दिनुभयो ।।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X