All for Joomla The Word of Web Design

कमैया मुक्ति घोषणाको १८ वर्ष पूरा भएको यति लामो समयसम्म पनि उनीहरुको पीडा फेरिएको छैन

muktkamaiya

काठमाडौं, १३ साउन । साउनको पहिलो हप्ताबाट कमैया मुक्ति घोषणाको १८ वर्ष पूरा भएको छ । मुक्त भएको यति लामो समयसम्म पनि उनीहरुको पीडा फेरिएको छैन ।

साहु महाजनहरुको घरमा कमैया बसेर आफ्नो सम्पूर्ण जीवन निर्वाह गर्ने पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका कमैयाहरुलाई सरकारले २०५७ साल मै कमैयामुक्त घोषणा गरेको हो ।

बेला बेलामा राजनीतिकर्मीहरुले पूर्व कमैयाहरुको पुर्नस्थापनाको घोषणा गरेको भएता पनि सबै मुक्त कमैयाहरुको उचित पुनस्र्थापना हुन नसकेको र सबै कमैयाहरुलाई राज्यले उचित व्यवस्थापन नगरेमा नयाँ धारबाट पुनस्र्थापना र अधिकारको लडाईं फेरी लडनुपर्ने अवस्था आउने देखिन्छ ।स्थानीय जनप्रतिनिधिहरु सांसद र मन्त्री भएपछि एक पटक पनि कमैयाका दुःख बुझ्न बस्तीमा नजानुले करिब चौध सय मुक्त कमैयाको उचित पुनस्र्थापना हुन सकेको छैन ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X