All for Joomla The Word of Web Design

जयनगर–जनकपुर रेलमार्गमा भारतीय ’डब्बा’ (भिडियो सहित )

janakpur rail

काठमाडौं, ९ असोज । भारतको जयनगरदेखि नेपालको जनकपुरसम्म निर्माणाधिन रेलमार्गमा आगामी पुसदेखि रेल संचालनमा आउने भएको छ । पुससम्ममा रेलमार्गको आवश्यक पुर्वाधार, सिग्नलिङ, स्टेशन निर्माण लगायतका सबै तयारी सकेर संचालन गर्ने गरि काम भैरहेको रेल विभागले जनाएको छ । पुससम्म रेलमार्ग उद्घाटन गरेर संचालनमा ल्याउने विभागको योजना छ ।

भारतको जयनगरदेखि नेपालको जनकपुरसम्म निर्माणाधिन रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । रेलमार्गमा आगामी पुसदेखि रेल संचालनमा आउने रेल विभागले जनाएको छ । भारतीय पक्षसँग रेल भाडामा ल्याएर संचालन गर्नका लागि छलफल भैरहेको रेल विभागले जनाएको छ । नेपालमा अहिले रेल नभएकाले किन्न भन्दा भाडामा लिएर चलाउन उपयुक्त हुने विभागको भनाई छ । सरकारले आर्थिक बर्ष २०७५÷०७६ मा रेल खरिद गर्नका लागि ५० करोड रुपैया छुट्याएको छ ।

रेल किन्नका लागि करिव २ अर्ब रुपैयाँ आवश्यक पर्ने भएकाले भाडामा लिने प्रक्रिया अघि बढाएको विभागले जनाएको छ । भारतीय रेल भाडामा ल्याएर संचालन गर्ने एक खालको सहमती बनिसकेको र भारतीय पक्षसँग निरन्तर छलफलमा भइरहेकाले केहि दिनभित्रै लिजको ड्राफ्ट पठाउने विभागको विश्वास छ । द्धिपक्षीय छलफलपछि एमओयु गरेर रेल भाडामा लिने विषय टुङग्याइने विभागको भनाई छ ।

मंसिरसम्ममा रेल लिजमा लिने प्रक्रिया सक्ने बताईएको छ । उक्त समयसम्म रेलमार्गको परिक्षण गरेर तयारी अवस्थामा राखिने रेल विभागको भनाई छ । अहिले करिव १८ किलोमिटर रेलमार्गको परीक्षण भैसकेको छ । रेल विभागका अनुसार भारतमा बढी जसो ठाउमा अहिले व्रोडगेज संचालनमा रहेको छ । अहिले निर्माणाधीन जयनगर–जनकपुर रेलमार्गमा पनि व्रोड गेजेलमार्ग निर्माण भैरहेको छ । त्यसैले नेपालमा भारतीय रेल संचालन गर्न सहज हुने नेपालको अपेक्षा छ । १० वटा डिब्बा तान्न सक्ने इन्जिनसहितको रेल लिजमा लिन लागिएको हो । यस्तो मोडलमा रेल लिजमा लिएर संचालन गर्दा एक वा दुई बर्षका लागि लिइन्छ ।

यो अवधीमा नेपाली प्राविधिकहरुलाई रेल संचालन गर्न सक्ने बनाइन्छ । त्यसबीचमा नेपाल आफैले रेल किनेर तयार गर्नेछ । त्यसपछि नेपालको आफ्नै रेल संचालन हुने छ । नेपाल भारत क्रस वोर्डर रेलसेवा संचालनसम्वन्धि परियोजना स्टेरिङ कमिटी (पिएससी) को बैठक करिव तीन महिनाअघि काठमाडौंमा भएको थियो ।

बैठकमा भारतीय रेल ’वेट लिज’ मार्फत भाडामा लिनेदिनेमा दुवैपक्ष सकारात्मक थिए । छलफल भएको केहि समयपछि रेल विभागका तत्कालीन महानिर्देशक अनन्त आचार्यको नेतृत्वमा एउटा टोली भारत गएको थियो। जयनगर–जनकपुर रेलमार्ग संचालनका लागि भारतीय सरकारी अधिकारीहरुसँग छलफल भएको थियो । छलफलको क्रममा भारतीय पक्षले नेपाललाई रेल भाडामा दिने चाहना व्यक्त गरेका थिए । तर नेपाली टोली र भारतकाबीचमा भाडामा लिनेदिने कुरामा सहमत जस्तै भए पनि कुनै ठोस निर्णय भने गरेनन् । यसपछि भारतीय पक्षसँग छलफल हुन सकेको थिएन । रेल विभागका अनुसार पछिल्लो समय फेरि भारतीय पक्षसँग रेल भाडामा लिने विषयमा छलफल हुने भएको छ ।

जयननगर–जनकपुर रेलमार्ग भारत सरकारको १० अर्ब रुपैया अनुदान सहयोगमा निर्माण भैरहेको छ । जयनगर–वर्दिवासम्मको ६९ किलोमिटरमा रेलमार्ग निर्माण गर्ने तयारी छ । केहि बर्ष अघिसम्म जनकपुरसम्म रेलसेवा संचालनमा थियो । बन्द रेलमार्गलाई बढाएर बर्दिवाससम्म रेलसेवा संचालन गर्ने रेल विभागको तयारी छ ।।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X