All for Joomla The Word of Web Design

डिप्रोक्स लघुवित्तको २०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २५ पुस । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका पुस २६ गतेदेखि बन्द गर्दैछ । यो समाचार आजको अभियान दैनिकमा छापेको छ ।

पुस २५ गतेसम्म कम्पनीको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्छन् । कम्पनीले १७ औं वार्षिक साधारण सभा माघ ११ बजे आयोजना गर्दैछ । सभा बिहान ११ बजे भरतपुर गार्डेन रिर्सोट, भरतपुर, चितवनमा हुँदैछ । कम्पनीले सो सभामा १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरू लैजाँदैछ ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X