All for Joomla The Word of Web Design

दातृ निकायले उपलब्ध गराउने ५ बर्षे सहायता सम्बन्धमा छलफल गर्ने तयारी

rajan-khanal

काठमाडौं, २० साउन । सरकारले संघीय संरचना कार्यान्वयनका लागि दातृ निकायहरुलाई सहायता रकम वृद्धि गर्न आग्रह गर्ने भएको छ । नेपाल आर्थिक पत्रकार समाजले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा अर्थसचिव डाक्टर राजन खनालले दातृ निकायले उपलब्ध गराउने ५ बर्षे सहायता सम्बन्धमा छलफल गर्ने तयारी मन्त्रालयले गरेको जानकारी दिनुभयो ।

विशेष गरी संघीय संरचना कार्यान्यनका लागि सहायता रकम बढाउन आग्रह गर्ने गरी दातृ निकायको सम्मेलन गर्ने तयारी मन्त्रालयले गरिरहेको अर्थसचिव खनालले स्पष्ट पार्नुभयो ।

अर्थसचिव खनालले अहिलेको बजेट पूर्ण वित्तीय संघियताको बजेट भएको बताउनुभयो । प्रशासन, राजश्वका दरहरुको अभ्यास गर्ने काम तीनै तहमा सँगसँगै भईरहेको उहाँको भनाइ थियो ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X