All for Joomla The Word of Web Design

दोलखामा ३ करोडको किविफल उत्पादन

kiwi fruits

दोलखा, माघ २० । दोलखामा यस वर्ष झण्डै तिनकरोड मूल्यको किवि फल उत्पादन भएको छ । किवी फलको खेती तर्फ किसानहरुको बढ्दो आकर्षणका कारण यस्को उत्पादनमा बृद्धि भएको हो ।

जिल्ला कृषि विकास कार्यालय दोलखाका अनुसार यस वर्ष २ करोड बयासी लाख मूल्य बरावरको ९४ मेट्रिकटन किवी फल उत्पादन भएको छ । गत आर्थिक वर्षमा ७८ मेट्रिकटन उत्पादन भएको थियो । यो आर्थिक वर्षमा गत आर्थिक वर्षको भन्दा १६ मेट्रिक टन बढी उत्पादन भएको हो ।

किवी फल खेति तर्फ किशानहरुको आकर्षण बढी रहेकोले यसको उत्पादन आगामी वर्षमा अझै बढेर जाने जिल्ला कृषिविकास कार्यालय दोलखाका प्रमुख नारायण कुमार श्रेष्ठ बताउँछन् । अहिले जिल्लामा हिमाली आयोजना, प्रधानमन्त्री कृषि ब्लक तथा पकेट क्षेत्र कार्यक्रम मार्फत तथा ब्यक्तिगत रुपमा समेत किशानहरु किवी खेति तर्फ लागिरहेको श्रेष्ठले बताए ।

हाल सम्म किवि खेतिमा सामान्य पात डढ्ने बाहेक अन्य रोग नदेखिएको र दोलखामा यो खेतिको भविष्य राम्रो रहेको श्रेष्ठको भनाई रहेको छ ।

दोलखामा किविउत्पादन तथा यसको प्रचारप्रसारका अगुवा श्याम खड्रकाका अनुसार अहिले दोलखामा पाँचसय भन्दा बढी फम तथा ब्यक्तिहरु किवी खेतिमा सक्रिय छन् ।

किवी फलको माग काठमाडौका होटलहरुमा उच्च रहेको र ब्यापार प्रवर्धन गर्न सके किविको को ब्यापार अन्तराष्ट्रिय स्तरमा समेत गर्न सकिने भएकोले किवीफलको बजारका लागि समस्या नरहेको किवि उत्पादक संघ दोलखाका अध्यक्ष रमेत रहेका श्याम खड्का को भनाई रहेको छ ।

दोलखाको भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, मेलुङ गाउँपालिका लगायतका ठाउँहरुमा ब्यावसायिक रुपमा किवी फलको उत्पादन भइरहेको छ ।

किवी फल अत्यन्त पोषिलो फल मानिन्छ साथै यस बाट उच्च गुणस्तरको वाईन तथा जुस समेत बनाउन पनि सकिन्छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार हाल दोलखामा ८ प्रकारका किवी फलकोे खेति हुदै आएको छ । हेवार्ड, एलिसन, मन्टि, ब्रुण, रेड ,एबोड, गोल्डेन, मिनी किवी रहेका छन् । दोलखाको स्थानिय बजारमा हाल किवी फलको मूल्य प्रति के जी ३०० देखि ४०० सम्म रहेको पाईएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार हाल दोलखामा दुइसय दश हेक्टरमा किवी खेती भइरहेको छ भने उत्पादनशिल क्षेत्रफल १८ हेक्टर रहेको छ ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X