All for Joomla The Word of Web Design

नेपाली खेल क्षेत्रको चर्चित हस्तीहरुलाई ब्राण्ड एम्बासडरमा नियुक्त

CENTURY-BANK

काठमाडौं, ३ साउन ।  सेञ्चुरी कमर्सियल बैंकले एक बर्षको लागि नेपाली क्रिकेटका कप्तान पारस खड्का र राष्ट्रिय महिला भलिबल टिमका सदस्य प्रतिभा मालीलाई ब्राण्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ ।

बुधबार काठ्माडौंमा एक कार्यक्रमबिच बैंकले खेल क्षेत्रसंग सम्बन्ध बढाउदै आफ्नो कम्पनीको विकास र विस्तारका लागि नेपाली खेल क्षेत्रको चर्चित हस्तीहरुलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो । बैंकले लोकप्रियता र व्यवसायिकता अभिवृद्धि गर्न खेलाडीहरुको नियुक्तिले मद्दत पुग्ने विश्वास लिएको छ ।

बैंकले काठमाडौं उपत्यकामा १२ वटा शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा १ सय १३ स्थानबाट कारोबार संचालन गरिरहेको छ ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X