All for Joomla The Word of Web Design

 नेपाल पूँजी बजार लगानीकर्ता संघको अध्यक्षमा राधा पोखरेल चयन

radha-pokharel

काठमाडौं, ४ साउन । नेपाल पूँजी बजार लगानीकर्ता संघको अध्यक्षमा महिला लगानकर्ता राधा पोखरेल चयन भएकी छिन् ।

यसअघि उपाध्यक्ष रहेकी पोखरेल बुधबार बसेको संघको पूर्ण बैठकले अध्यक्ष नवराज सुवेदीलाई पदबाट हटाएर पोरखेललाई अध्यक्ष चयन गरेको हो । अध्यक्षमा चयन भएसँगै पोखरेल पूँजी बजार संघको नेतृत्व लिने पहिलो महिला समेत बनेकी छिन् ।

संघका अध्यक्ष रहेका सुवदीले संघलाई आघात पुग्ने गरी आफूखुसी सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको तथा स्वेच्छाचारी ढंगले वक्तव्य निकाल्ने गरेको भन्दै पदबाट हटाइएको बताइएको छ ।

सुवेदीलाई संघको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको अध्यक्ष पोखरेलले जानकारी दिईन् । बैठकले उपाध्यक्षमा राजु पौडेल, महासचिवमा एसपी चौलागाईं, सचिवमा एनबी थापा र कोषाध्यक्षमा कल्पना शर्मालाई नियुक्त गरेको छ ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?