All for Joomla The Word of Web Design

नेपाल र चीनबीच गैरसरकारी संस्थाहरुलाई संयुक्त रुपमा परिचालन गर्ने सहमति

CHINA-NEPAL

काठमाडौं, १५ साउन ।  नेपाल र चीनबीच गैरसरकारी संस्थाहरुलाई संयुक्त रुपमा परिचालन गर्ने सहमति भएको छ ।

समाज कल्याण परिषद र चीनको चाईना एनजीओ नेटवर्क फर ईन्टरनेशनल एक्सजेन्जबीच दुवै देशको गैरसरकारी संस्थाहरुलाई संयुक्त रुपमा परिचालन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

चीनले नेपाली जनताको समृद्धिको चाहनालाई साथ दिन गरिरहेको सहयोगको प्रशंसा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले गर्नुभयो ।
दुइ देशवीच गरिएको समझदारी पत्रमा समाज कल्याण परिषदको संस्थागत विकासका लागि पनि आवश्यक सहायता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिएको छ ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X