All for Joomla The Word of Web Design

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिईभिटी पुनर्गठन गरिन

काठमाडौँ, २५ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद
(सिटिईभीटी) लाई पुनर्गठन गर्ने घोषणा गर्नुभएको छ ।

आईतबार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री पोखरेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद पुनर्गठन गर्ने घोषणा गर्नुभएको हो । उहाँले प्राविधिक शिक्षालाई आम जनताको पहुँचमा पु¥याउने गरी सिटिईभीटीलाई पुनर्गठन गर्न लागिएको स्पष्ट पार्नुभयो ।

उहाँले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेर शिक्षा क्षेत्रमा भएका सबै विकृति र विसंगतिलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । मन्त्री पोखरेलले सरकार केदारभक्त माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न तयार रहेको पनि स्पष्ट पार्नुभयो ।
मन्त्री पोखरेलले शिक्षालाई जीवन उपयोगी बनाउन सबै तहको पाठ्यक्रम परिमार्जन गर्न लागिएको जानकारी दिनुभयो ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X