All for Joomla The Word of Web Design

बजेटले संघियतालाई आत्मसात गरेको अर्थमन्त्री डा. खतिवडाको दाबी

dr.khatiwada

काठमाडौं, २६ असार । अर्थमन्त्री डा. युवराज खतिवडाले भूगोल र जनसंख्यालाई आधार बनाएर बिनियोजन गरिएको बजेटले संघीयतालाई आत्मसाथ गरेको दाबी गर्नुभएको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयअन्र्तगत विनियोजित बजेटमाथि सांस्दहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री डा. खतिवडाले भुगोल र जनसंख्यालाई आधार बनाउदै अन्य परिसूचकलाई पनि मध्यनजर गरी सन्तुलित ढंगले बजेट आएको बताउनुभएको हो ।

उहाँले बजेटले संघियतालाई आत्मसाथ गरेको दाबीसमेत गर्नुभयो । सिमित साधनलाई असिमित प्राथमिकतामा बाड्नु पर्दा केही आयोजना परियोजनालाई आवश्यक बजेट विनियोजन गर्न नसकेको भए पनि प्रदेश र स्थानीय तहमा विनियोजन भएको बजेटलाई हेरेर समग्र मुल्यांकन गर्नुपर्ने उहाँको तर्क छ ।

उहाँले संघको बजेटमात्रै हेरर समग्र बजेटको आकार र प्रकृतिको धारणा बनाई व्याख्या गर्न नहुने बताउनुभयो ।सांसदहरुले बजेटमा प्रादेशिक सन्तुलनको कुरा उठाउँदै संघियतालाई आत्मसाथ गर्न नसकेको र कार्यान्वयनमा जटिलता रहेको टिप्पणी गरेका थिए । चौमासिक बजेटका कारणले शिक्षकले तलब पाएनन् भन्नेमा सत्यता नभएको भन्दै अर्थमन्त्री डा. खतिवडाले चौमासिक बजेट पठाउन ढिलाई नभएको दाबी गर्नुभयो । उहाँले व्याजदरका सम्बन्धमा भने केन्द्रीय बैंकले केही समयपछि सार्वजनिक गर्ने मौद्रिक नीतिले सम्बोधन गर्ने स्पष्ट पार्नुभयो ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X