All for Joomla The Word of Web Design

बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले तारवार नगर्दा कृषकहरु पीडित हुँदै (भिडियो सहित )

bardiya nikunj

काठमाडौं, ९ असोज । बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले तारवार नगर्दा कृषकहरु पीडित हुँदै आएका छन् । निकुञ्जबाट रातमा आउने बँदेल, चित्तल, खरायो, बाँदर, हात्तीजस्ता जनावरले बाँलीनाली सखाप पार्ने गरेको किसानहरुको गुनासो छ । बर्षनी मेहेनत गरेर लगाएको बाली भित्रयाउँन नपाउँदै जनावरले खाईदिएपछि किसानहरु खेतीयोग्य जमिन बाँझै राखेर गौचरण बनाउन बाध्य भएको बैजनाथ एक चिसापानीकी बासु खड्का बताउनुहुन्छ ।

 

बाँकेको रत्नराजमार्गदेखि पश्चिम बर्दिया निकुञ्ज र पूर्वमा बाँके निकुञ्जका जनावरले बर्षनी खेतीबाली, तरकारीबाली नष्ट गर्दै आएको छ । पैसा हुनले खेतबारी क्षेत्रमा तारबार लगाएर जोगाउँदै आए पनि पैशा नहुनेका लागि अन्नवाली जनावरका लागि लगाएको जस्तो भएको बाँके चिसापानीकी भिमा सुनारको गुनासो छ ।

निकुञ्जले बर्षनी तारवारका लागि थोरै रकम विनियोजन गरेपनि त्यो प्रभावकारी भएको छैन् । यदी निकुञ्जले तारवार लगायतका उपाय अप्नाउँने हो भने कृषकले राहात पाउने निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका सचिव रितु ओलीले बताउँनुभयो । जंगली जनावरका कारण यो सिजनको धानबाली खेतमै सकिएको छ ।

निकुञ्जकै कारण विगत बर्षदेखि आसपासका किसान कृषियोग्य जमिन बाँझै राख्दै आएका छन् । खेतीबाहेक निकुञ्जका जनावरले घरपालुवा जनावर मार्न र खाँन थालेपछि स्थानीयहरु पशुपालन समेत गर्न छोडेको स्थानीय गुनासो छ ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X