All for Joomla The Word of Web Design

बीमा कम्पनीलाई सकस

Insurances

काठमाडौँ, १५ जेठ ।  बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले चालु आर्थिक वर्षको अन्त्यसम्ममा जीवन बीमा कम्पनीको २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको एक अर्ब चुक्तापुँजी पु¥याउन निर्देशन दिएको थियो । तथापि समितिले तोकेको समयाअवधि पूरा हुन करिब ढेड महिना बाँकी रहदा बीमा कम्पनीहरुले निर्देशन पूरा गर्न नसक्ने भएका छन् ।।

बीमा कम्पनीहरुले प्रस्तुत गरेको तेस्रो त्रैमाससम्मको तथ्याकंमा प्रायजसो कम्पनीहरुले बीमा समितिको निर्देशन अनुरुप चुक्तापुँजी पु¥याउन सकस परेको देखिएको छ । तेस्रो त्रैमाससम्ममा एक जीवन बीमा कम्पनी र तीन निर्जीवन बीमा कम्पनीहरुले मात्रै बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पु¥याएका छन् । बीमा समितिले तोकेको चुक्ता पुँजी पु¥याउने जीवन बीमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्सले ४ अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी पु¥याएको छ । यो रकम बीमा समितिले निर्धारण गरको २ अर्ब चुक्तापूँजी भन्दा २ अर्ब ४० करोडले बढि रहेको छ । त्यसैगरी बीमा समितिले निर्धारण गरेको २ अर्ब चुक्तापुँजी पुग्न प्राइम लाइफको २२ करोड नपुग्ने देखिएको छ । २ अर्ब चुक्ता पुँजी पु¥याउन सिटिजन लाइफले २५ करोड, नेशनल लाइफले ३४ करोड र ज्योति लाइफले ४६ करोड रुपैयाँ पूँजी बृद्धि गर्नुपर्ने देखिएको छ । बीमा समितिको निर्देशनअनुसार युनियनले ५० करोड र रिलायन्स लाइफको ५३ करोड रुपैयाँ थप पूँजी बिस्तार गर्नुपर्ने भएको छ ।

यसै वर्षदेखि मात्रै संचालनमा आएको सानिमा लाइफ इन्सुरेन्स, सन नेपाल, प्रभु, रिलायबल आइएमई लाइफ इन्स्योरेन्सले ४० करोड रुपैयाँको पुँजी थप्नुपर्ने भएको छ । नयाँ संचालनमा आएका कम्पनीहरुलगायत युनियन, रिलायन्स र सिटिजनले सर्वसाधरणका लागि आइपीओ निष्कासन गर्ने प्रस्तावसमेत पारित गरिसकेको भएता पनि बीमा समितिले तोकेको सयमसीमा अवधिभित्र भने चुक्ता पुँजी पु¥याउन नसक्ने भएका हुन् । त्यसैगरी भारतीय जीवन बीमा कम्पनी एलआइसी नेपालको ६७ करोड, एशियन लाइफको ७४ करोड सूर्या लाइफको ९९ करोड नपुग्ने भएको छ । गुराँस लाइफ र राष्ट्रिय बीमा संस्थानको चुक्तापूँजी करोडमै सिमित रहेका छन् । ५९ करोड चुक्तापूँजी रहेको गुराँस लाइफ इन्सुरेन्सको एक अर्ब ४१ करोड रुपैयाँ नपुग्ने भएको हो । यस्तै २ अर्ब चुक्ता पूँजी निर्माणको लागि राष्ट्रिय बीमा समितिको एक अर्ब ८२ लाख रुपैयाँ नपुग्ने देखिन्छ जसको चुक्तापूँजी १८ करोड रुपैयाँ मात्रै रहेको छ । समितिले तोकेको चुक्तापुँजी पु¥याउने निर्जीवन बीमा कम्पनीहरुमा नेको इन्सुरेन्स, शिखर र हिमालयन जनरल इन्स्योरेन्स रहेका छन् । नेकोको एक अर्ब ६ करोड, शिखरको एक अर्ब ५ करोड र हिमालयन जनरलको एक अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

त्यसैगरी ८८ करोड चुक्तापूँजी रहेको लुम्बिनी जनरलको ११ करोड रुपैयाँ नपुग्ने भएको छ । सिद्धार्थ इन्स्योरेन्सको १३ करोड, प्रभु इन्स्योरेन्सको ३१ करोड, पुरुडेन्सियल इन्स्योरेन्स ३५ करोड, एनएलजीको ३५ करोड, नेपाल इन्स्योरेन्सको ३७ करोड, प्रिमियर इन्स्योरेन्स ४१ करोड, आएमई जनरलको ४६ करोड, सगरमाथा इन्स्योरेन्सको ४६ करोड रुपैयाँ नपुग्ने भएको छ । युनाइटेड इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र एभरेष्ट कम्पनीको चुक्तापुँजी समितिले तोकेको भन्दा ५० प्रतिशतले कम छ । एक अर्ब चुक्तापूँजी निर्माणका लागि युनाइटेडको ६९ करोड, राष्ट्रिय बीमा कम्पनीको ७३ करोड र एभरेष्टको ८५ करोड रुपैयाँ आवश्यक देखिएको छ । यी कम्पनीहरुलाई तोकिएको समयमा चुक्तापुँजी पु¥याउन कठिन भएको छ ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X