All for Joomla The Word of Web Design

भारतले दियो पहिलो किस्ताको २ अर्ब १० करोड ४३ लाख अनुदान

donation

काठमाडौं, १३ साउन । भूकम्पपछिको पुनर्निर्माणमा प्रतिबद्धता जनाएको भारत सरकारले अनुदान रकममध्ये पहिलो किस्ता हस्तान्तरण गरेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले अर्थ सचिव डा. राजन खनाललाई शुक्रबार २ अर्ब १० करोड ४३ लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

भारतले भूकम्पपछि आयोजना गरिएको दाता सम्मेलनमा १ खर्ब रुपैयाँ बरबरको सहयोगको घोषणा गरेको थियो । २०७२ फागुन ८ गते नेपाल र भारत सरकारबीच नुवाकोट र गोरखाका ५० हजार घरको पुनर्निर्माणका लागि भारत सरकारले १० अर्ब रुपैयाँ सहयोग गर्ने सहमति भएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २५ अर्ब अनुदानमध्ये पहिलो किस्तामा ४ अर्ब उपलब्ध गराउन आग्रह गरेको थियो । तर भारतले हाल २ अर्ब १० करोड मात्रै दिएको छ । सो रकम नुवाकोट र गोरखाका ४२ हजार ८६ निजी घरहरुको अनुदान रकमको पहिलो किस्ताका लागि उपयोग हुनेछ ।

नेपालको पुनर्निर्माणमा भारतले एक खर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यसमा ७५ अर्ब सहुलियत ब्याजदरको ऋण र २५ अर्ब अनुदानको हिस्सा हुने भनिएको थियो । अनुदानमध्ये १० अर्ब निजी आवास निर्माणमा खर्च हुनेछ ।

त्यसमध्ये ७५ अर्ब ऋण आयात–निर्यात एक्जिम बैंकमार्फत लिन नेपाल सरकारलाई आग्रह गरेको छ । भारतीय सरकारको जमानीमा एक्जिम बैंकले नेपाललाई वार्षिक १ प्रतिशत ब्याजदरमा ऋण दिनेछ । भारतले पशुपतिनाथका साथै अन्य पुरातात्विक सम्पदा पुनर्निर्माणमासमेत चासो देखाएको छ ।।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X