All for Joomla The Word of Web Design

मंगलबार शेयरबजार परिसूचक

stocks exchange

काठमाडौं, १७ जेठ ।  मंगलबार शेयरबजार परिसूचक नेप्से ९ दशमलव एक आठ अंकले घटेर १ हजार ३ सय २७ दशमलव दुई एक विन्दुमा पुगेको छ । समग्रमा बजार ० दशमलब छ नौ प्रतिशतले घटेको छ । सोमबार ३५ अंकले बढेको शेयर बजार परिसुचक नेप्सेमा मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ ।

सोमबार ३५ अंकले बढेको शेयर बजार परिसुचक नेप्से मंगलबार ९ दशमलव १८ अंकले घटेर १ हजार ३ सय २७ दशमलव २१ अंकको विन्दुमा पुगेर कारोबार बन्द भएको छ । सोमबार एकाएक चुलिएको नेप्से बजेटको दिन मंगलबार फेरि सुस्त भएको हो । बजेटमा पुँजी बजार सम्बन्धी के कस्ता विषय आउँदैछ भन्ने विभिन्न हल्ला र अनुमान सार्वजनिक भइरहेका बेला नेप्सेमा गिरावट आएको छ । त्यसैगरी क वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ इण्डेक्स २ दशमलव ०२ अंकले घटेर २ सय ७९ दशमलव ४६ अंकमा पुगेको छ ।

मंगलबार १ सय ६७ कम्पनीहरुको ४१ करोड ७४ लाख ३६ हजार ९ सय ६८ रुपैयाँ कारोबार भएको छ । ५ हजार २ सय ५६ पटकको कारोबारबाट ८ लाख ४० हजार १ सय ७५ कित्ताको शेयर खरिदबिक्री भएकोछ । सोमबारको तुलनामा कारोबार ५ करोड ७४ लाख ९ हजार रुपैयाँ बराबरको गिरावट आएको छ । मंगलबार कारोबारमा आएका नौ समूहमध्ये बीमा समूह बाहेक सबै समूहको परिसुचकमा राताम्मे भएका छन् । सबैभन्दा धेरै ५ दशमलव ६९ अंकले बृद्धि भएर ६ हजार ९ सय ४३ दशमलव २४ अंकमा बन्द भएकोछ । त्यसैगरी सबैभन्दा धेरै ३३ दशमलव १८ अंकले होटल समूहको परिसुचकमा गिरावट आएकोछ । त्यसैगरी १० दशमलव शून्य ५ अंकले बाणिज्य बैक, १३ दशमलव ३३ अंकले विकास बैक, २ दशमलव ९६ अंकले वित्त समूहको परिसुचक झरेकोछ । त्यसैगरी उत्पादन तथा प्रशोधन समूहको परिसुचकमा २० दशमलव ६, अन्य समूहको परिसुचकमा १ दशमलव ४६ र १५ दशमलव ४८ अंकले लघुवित्त समूहको परिसुचकमा गिरावट आएकोछ । मंगलबार सार्व्धिक कमाउनेमा उन्नती माइक्रोफाइनान्सले ९ दशमलव १० प्रतिशत र समाता माइक्रोफाइनान्स वित्तीय संस्थाको ७ दशमलव ०२ प्रतिशतले वृद्धि गरेको छ । त्यस्तै सर्वा्धिक गुमाउने मेगा बैंकको मुल्यमा ९ दशमलव ९६ प्रतिशत र काबेली विकास बैंकको ७ दशमलाव २७ प्रतिशतले घटेको छ ।

मंगलबार घोषणा हुने बजेट मार्फत शेयर बजार सम्बन्धी नयाँ विषय आउँने संभावनाले वृद्धि भएको बजार मंलगबार भने गिरावट देखिएको छ । बजार खुल्न लगत्तै केहि अंकले वृद्धि भएको बजार १३४० अंकमा नेप्से पुगेको थियो । बजेट मार्फत शेयर बजारलाई टेवा पुग्ने केहि नयाँ टुल्स सार्वजनिक हुने बजारमा हल्ला रहेकै बेला सोमबार ३६ अंक माथि पुगेको थियो । भने मंगलबार कारोवारको पहिलो १० मिनेटमै वजार चार अंकले वढेर १३४० अंकमा उक्लिएको थियो। त्यसपछि विस्तारै घटेको वजार पौने एक वजे सम्म १२ अंक घटेर १३२४ अंक सम्म ओर्लिएको थिया े। त्यसपछि विस्तारै उकालो लागेको वजारले साढे १२ वजे १३३७ अंक भेट्टाएको थियो। तर वृद्धि लामो समय टिकाउ हुन सकेन र वजार पुन ओरालो लागेको थियो। एक वजे देखि सामान्य देखिएको वजार अन्तमा खुम्चिएर वन्द भएको छ । मंगलबारको कारोबारमा कारोबार रकमका आधारमा सवैभन्दा वढि एनएमबि बैंकले अग्रता लिएको छ । एनएमबिको ३ करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रिमियर इन्सुरेन्स र पुरुडेन्सियल इन्सुरेन्स परेका छन् ।।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X