All for Joomla The Word of Web Design

मंगलबार सेयर कारोबार ठप्प

stocks exchange
Stock Exchange

काठमाडौं, २२ जेठ । हकप्रद र बोनस सेयरको आधार मूल्यमै लाभकर लिने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै आएका लगानीकर्ताहरुले मंगलबार सेयर कारोबार ठप्प पारेका छन् ।

मंगलबार कार्यालय खुलेदेखि नै नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्ड कार्यालय घेराउ गरी सेयरको आधार मूल्यमै लाभकर लिने सरकारको निर्णयको विरोधमा लगानीकर्ताहरुले सेयर कारोबार ठप्प परेका हुन ।

ब्रोकर कम्पनीमा कारोबार हुने आशंकामा लगानीकर्ताहरुले ब्रोकर कार्यालयमै घेराउ गर्न सुरु गरेका छन । लगानीकर्ताहरुले कार्यालयमा घेराउ गरेपछि आज सेयर कारोबार ठप्प भएको हो ।

यस अघि सेयर लगानीकर्ता संघलगायतका संघ, संस्थाहरुले विज्ञप्ती जारी गर्दै सरकारको सो निर्णय फिर्ता नभएसम्म सेयर कारोबार नगर्न सम्बन्धित निकायसँग आग्रह गरेका थिए ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X