All for Joomla The Word of Web Design

मलेसियाको रोजगारी सुचारु गर्न सरकारले पहल नगरेको आरोप, मंसिर १९ भित्र श्रम स्वीकृती खुल्ला

काठमाडाैँः नेपाल निर्माण व्यवसायी महासंघले दातृ निकायको ऋण सहयोगमा संचालित आयोजनामा सरकारले कामै गर्न नसक्ने गरी मापदण्ड तय गरेको उल्लेख गर्दै आपत्ति जनाएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एशीयाली विकास बैंक (एडीबी)लगायतका दातृ निकायको सहयोगमा संचालित आयोजनामा सरकारले स्वदेशी निर्माण व्यवसायीले कामै गर्न नसक्ने गरी मापदण्ड तय गरेको उल्लेख गर्दै आपत्ति जनाएको हो ।

विदेशी लगानीका संचालित ठूल्ठूला परियोजनामा नेपाली निर्माण कम्पनीले कामै गर्न नसक्ने गरी ठेक्का सम्बन्धि मापदण्ड तय गरेपछि आफूहरुले सरकारको सो कदमप्रति आपत्ति जनाउनु परेको महासंघका महासचिव रोशन दाहालले जानकारी दिनु भयो । महासंघले स्वदेशी निर्माण व्यवसायीहरुले कामै गर्न नसक्ने गरी राखिएको मापदण्डबारे स्पष्ट जवाफ दिन पनि सरकारसँग जोडदार माग समेत गरेको छ । महासंघका महासचिव दाहालले नेपाली निर्माण व्यवसायीहरुलाई ठेक्का पट्टामा बञ्चित गरेर विदेशीलाई ठेक्का दिने नियतका साथ सरकारले सो कदम चालेको उल्लेख गर्दै मान्य नहुने चेतावनी पनि दिए।

महासंघले सडक विभाग आयोजना निर्देशनालयले एशीयाली विकास बैंक (एडीबी)को आर्थिक सहायतामा संचालित विद्युत प्रशारण लाईन तथा सडकको स्तरोन्नति कार्यक्रममा राखिएको ठेक्कासम्बन्धि मापदण्डप्रति आपत्ति जनाएको हो । सो आयोजनाको ठेक्का सम्बन्धि मापदण्ड विदेशी कम्पनीलाई निर्माणको जिम्मेवारी दिने गरी तय गरिएको महासंघको आरोप छ ।

महासचिव दाहालले राष्ट्रले ऋण व्यहोर्ने त्यस्ता खालको आयोजनामा नेपाली निर्माण व्यवसायीहरुलेनै काम गर्न सक्ने वातावरण बनाउन सरकारसँग माग पनि गरे । महासंघले पूँजी विदेश पलायन हुन नदिन पनि दातृ निकायको ऋण सहयोगमा संचालित आयोजना नेपाली निर्माण व्यवसायीहरुलाई सहज ढंगले काम गर्न दिने वातावरण बनाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X