All for Joomla The Word of Web Design

रसुवागढी नाकाबाट चीनतर्फ जाने पर्यटक एवं धार्मिक यात्रु दिनानुदिन बढ्दै

काठमाडौं, २६ असार । रसुवागढी नाकाबाट चीनतर्फ जाने पर्यटक एवं धार्मिक यात्रु दिनानुदिन बढ्दै गएको छ । अध्यागमन कार्यालय रसुवागढीका अनुसार रसुवागढी नाका हुँदै चीन जाने पर्यटकको संख्या १० हजार ७ सय ५६ नाघिसकेको छ ।

समग्रमा ५० भन्दा बढी देशका पर्यटक यस नाका हुँदै चीनतर्फ जाने गरेका छन । यसैगरी कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय तीर्थयात्रुको संख्या पनि तीन हजार ७ सय ४७ पुगेको अध्यागमन कार्यालयले जनाएको छ । त्यस्तै प्रवेशाज्ञा प्रणालीबाट आएका पर्यटक तथा यात्रुको चाप बढ्न थालेपछि छ जना कर्मचारीलाई कार्य सम्पादन गर्न मुस्किल परेको अध्यामनले जनाएको छ ।

पर्यटक तथा मानसरोवर यात्रुको आगमन बढेसंगै त्यस क्षेत्रको व्यवसाय पनि निकै फस्टाउन थालेको छ । पर्यटक बढेसंग होटल व्यवसाय तथा पर्यटन व्यवसाय पनि फस्टाउन थालेको छ । पछिल्लो समय पर्यटक बढेसंगै पर्यटकबाट प्रवेशाज्ञा शुल्कबापत २४ लाख ५६ हजार ४ सय ७ रुपैयाँ राजश्व संकलन भएको छ ।।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X