All for Joomla The Word of Web Design

राष्ट्र बैंकका कार्यकारी निर्देशक थापाको यस्तो दाबी

BANK

काठमाडौं, ३ साउन । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले चालू आर्थिक वर्षको मौदिक नीति उच्च आर्थिक वृद्धिका लागि कोसेढुगां सावित हुने दाबी गर्नुभएको छ ।

बुधवार काठमाडौमा नेशनल बैंकिङ ईन्स्टिच्युटले आयोजना गरेको अन्तरक्रियामा निर्देशक थापाले मौद्रिक नीति लगानी विस्तार गर्ने क्रममा आयात बढ्ने र त्यसले अर्थतन्त्रको स्थायित्वमा प्रभाव पार्ने खालको रहेको दाबी गर्नुभयो ।

मौद्रिक नीति आर्थिक वृद्धि ८ प्रतिशतको लक्ष्य प्राप्तिका लागि सहयोगी हुने उहाँको भनाई थियो । मौद्रिक नीति सरकारले ल्याएको बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमलाई समेत दृष्टिगत गरी कार्यदिशा तय गरिएको उहाँले बताउनुभयो ।

तरलता व्यवस्थापन, वित्तीय स्थायित्व, लक्षित क्षेत्रमुखी वित्तीय प्रणाली, वित्तीय पहुँच विस्तार र सवलीकरण, आयात निरुत्साहन, सबल पुँजीबजार, उद्यमको प्रवद्र्वनलगायतका विषयमा मौद्रिक नीतिले सम्बोधन गरेको उहाँले दाबी गर्नुभयो ।।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X