All for Joomla The Word of Web Design

लक्ष्य भन्दा बढि राजश्व संकलन

kanchhanpur-bhansar

कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयले लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ । भन्सार कार्यालयले चार बर्षसम्म लगातार लक्ष्य भन्दा धेरै राजस्व संकलन गरेको हो ।

कार्यालयले आर्थिक बर्ष २०७४÷०७५ मा अघिल्ला तीन आर्थिक बर्षभन्दा बढि राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०७४÷०७५ मा भन्सारले लक्ष्य भन्दा ७ लाख बढि राजस्व संकलन गरेको छ । गत बर्ष ३२ करोड ४७ लाख ७५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सारले ३२ करोड, ५४ लाख, ६३ हजार राजस्व संकलन गरेको छ ।

कार्यालयले आर्थिक बर्ष २०७१÷०७२ मा १० करोड, ३२ लाख, ३५ हजार लक्ष्यमा १३ करोड, ५८ लाख, १४ हजार राजस्व संकलन गरेको थियो । त्यस्तै आर्थिक बर्ष २०७२÷०७३ मा १४ करोड, ७७ लाख, ९६ हजारमा २२ करोड, ६८ लाख ४८ हजार राजस्व संकलन गरेको हो ।

भने गत आर्थिक बर्षमा १७ करोड ३ लाख ८९ हजार राजस्व संकलन गर्न लक्ष्य लिएको भन्सारले २४ करोड, ४६ लाख, ६९ हजार राजस्व संकलन गरेको थियो भने आर्थिक बर्ष २०७४÷०७५ मो ३२ करोड ४७ लाख को लक्ष्य लिएको भन्सार कार्यालयले ३२ करोड, ५४ लाख, ६३ हजार राजस्व संकलन गरेको छ । चालु आर्थिक बर्ष २०७५÷२०७६ का लागि कञ्चनपुर भंन्सार कार्यालयले बिभागबाट ४० करोड १२ लाख ८४ हजार को लक्ष्य पाएको छ । यो लक्ष्य हासिल गर्न निकै चुनौती रहने समेत प्रमुख दाहाल भनाई छ ।।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X