All for Joomla The Word of Web Design

वाईडबडि खरिद प्रकरणः सार्वजनिक खरिद अनुगमन कार्यालयको राय माग

wide

काठमाडाैँः संघीय संसदको सार्वजनिक लेखा समितिले दुई वटा वाईडबढि विमान खरिदका विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय मागेको छ ।

नेपाल वायु सेवा निगमले वाईडबढि विमान खरिदमा अनियमितता गरे÷नगरेको छानवीन गर्ने निष्कर्षमा पुगेको सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकले सो सम्बन्धमा एक हप्ता भित्र राय, सुझावसहितको प्रतिवेदन समितिमा पेश गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको हो । वाइडबढि विमान खरिद सार्वजनिक खरिद ऐनको विधि र प्रक्रिया अनुसार भए/नभएको खुल्ने गरी समितिमा राय, सुझावसहितको प्रतिवेदन पेश गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए ।

समितिको बैठकमा कार्यालयका सचिव मधुप्रसाद रेग्मीले समितिको छानवीन प्रक्रियालाई सहज बनाउन आफूले तोकेको अवधिभित्र आवश्यक राय, सुझावसहितको प्रतिवेदन बुझाउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले प्रतिवेदनमा सो विमान खरिदका विधि र प्रक्रियाबारे सम्पूर्ण विवरण उल्लेख हुने पनि स्पष्ट पारे।

गत आईतबार बसेको समितिको बैठकमा सभापति शाहले वाइडबढि विमान खरिदमा ६ अरव घोटाला देखिएको दावी गर्नु भएको थियो । २४ अरव रुपैयाँमा खरिद गरिएको वाईडबढि विमानमा ठूलो आर्थिक चलखेल भएको आशंका गर्दै सार्वजनिक लेखा समितिले छानवीनका लागि सम्बन्धित निकायसँगको छलफललाई निरन्तरता दिएको हो ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X