All for Joomla The Word of Web Design

विमा समितिले लघु विमा कार्यक्रमको प्रचार अभियानलाई जोड दिने घोषणा

काठमाडौँ, ७ साउन । विमा समितिले लघु विमा कार्यक्रमको प्रचार अभियानलाई जोड दिने घोषणा गरेको छ । आईतबार ललितपुरमा आयोजित कार्यक्रममा विमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाँईले आगामी एक वर्ष लघु विमा कार्यक्रमको प्रचार अभियानलाई जोड दिने नीति लिइएको जानकारी दिनुभएको हो ।

उहाँले विमक संघ र वित्तिय संस्थाहरुसँग सहकार्य गरेर लघु विमा कार्यक्रमलाई व्यापक बनाउने बताउनुभयो । विमा क्षेत्रको संस्थागत सुशासनका लागि २२ जना कर्मचारी थप गर्नुपरेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष चापागाईंले प्रमाण पत्र नियमावली अनुसार विमा प्रशिक्षण कार्यक्रममा अनिवार्य रुपमा सहभागी हुन विमा कम्पनीहरुलाई सचेत गराउनुभयो । पछिल्लो समयमा बीमा क्षेत्रमा ६० अर्बभन्दा बढी रकम परिचालन भएको र यसले कूल गार्हस्थ्यमा २ दशमलब ५ प्रतिशत योगदान पु¥याएको बताइएको छ ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X