All for Joomla The Word of Web Design

सरकारले दुई तिहाईको अहमता देखाएर प्राज्ञिक क्षेत्रमा हस्तक्षेप गरेको आरोप

nepal medical council

काठमाडौं, २६ असार । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. धर्मकान्त बाँस्कोटाले पूर्वाधार र गुणस्तरीय शिक्षा प्रदान गर्ने मेडिकल कलेजहरुलाई सम्बन्धन दिँदा आफूहरुलाई आपत्ति नहुने स्पष्ट पार्नुभएको छ ।

सोमबार काठमाडौंमा भएको साक्षात्कारमा अध्यक्ष डा. बास्कोटाले कतिवर्षसम्म सम्बन्धन दिने वा नदिने भन्ने कुरा प्रधान नभएको र काउन्सिलको दायित्व भनेको मापदण्ड हेर्ने भएकाले पूर्वाधारलगायतका आवश्यक मापदण्ड पूरा गरेका छन् भने सम्बन्धन दिँदा आपत्ति नहुने स्पष्ट पार्नुभयो ।

चिकित्सा शिक्षा सुधारको लागि ०७१ सालमा गठन भएको कार्यदलले त्यतिवेला सही र सान्दर्भिक प्रतिवेदन दिए पनि अहिलेको परिवर्तित अवस्थामा हुबहु त्यही प्रतिवेदन लागु हुनुपर्छ भन्ने नरहेको उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले चिकित्सा शिक्षा अध्यादेश हुबहु पास गर्नुपर्ने बताउनुभयो ।
सरकारले दुई तिहाईको अहमता देखाएर प्राज्ञिक क्षेत्रमा हस्तक्षेप गरेको उहाँको आरोप छ ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X