All for Joomla The Word of Web Design

सातै प्रदेशमा प्राकृतिक चिकित्सालय स्थापना गर्न सभामुख महराले सरकारको ध्यानाकर्षण गराउनुभएको छ

Kathmandu, July 6

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सातवटै प्रदेशमा प्राकृतिक चिकित्सालय स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

सभामुख महराले आधुनिक प्राकृतिक चिकित्सालयको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै सबै प्रदेशमा खोल्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्राकृतिक चिकित्सालय स्थापना गर्ने अभियानलाई सफल बनाउन आफूले संसदमा पनि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सभामुख महराले प्राकृतिक चिकित्सा पद्दतिको आवश्यकताबारे सांसदहरुसँग छलफल गर्न सरोकारवाला निकायको ध्यानाकर्षण पनि गराउनुभयो ।सभामुख महराले आफूले दाङको संस्कृति विश्वविद्यालयमै आयुर्वेद औषधालय स्थापनाका लागि पहल गरिरहेको पनि स्पष्ट पार्नुभयो ।।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?