All for Joomla The Word of Web Design

सिरहामा डिएपी रासायनिक मलको अभाव

mall

काठमाडौं, ८ साउन । किसान धान रोपाइँमा ब्यस्त भइरहँदा सिरहामा डिएपी रासायनिक मलको अभाव भएको छ ।

कृषि सामाग्री कम्पनी केन्द्रीय कार्यालयबाट आवश्यक मात्रामा मल नआउँदा सिरहामा डिएपी मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ । धान रोपाइँको बेला मलखाद्यको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा मलको अभाव भएको हो । सिरहामा ३० हजार बोरा डिएपी चाहिएकोमा हाल दुई हजार ५०० बोरा मात्र डिएपी कृषि सामग्रीको गोदाममा छ । डिएपी मलको अभाव भए पनि युरिया मल पर्याप्त रहेको कम्पनीले जनाएको छ ।

डिएपी मलको अभावकै बीच कृषि सामाग्री कम्पनी लिमिटेड लहानले मलखाद्य वितरण शुरु गरेको छ । विभिन्न स्थानीय तहमा रहेको डिलर सहकारी संस्थालाई युरिया र डिएपी मल वितरण गर्न शुरु गरेको हो ।

डिलर रहेका सहकारी संस्थामार्फत कृषि सामग्री कम्पनीले गाउँगाउँका किसानलाई मलखाद्य बिक्री वितरण गर्दै आएको छ । पहिलो चरणमा १०० सहकारीलाई प्रति सहकारी ३५ बोराका दरले उपलब्ध गराउने र थप मल आएपछि क्रमशः वितरण गर्ने क्रमलाई निरन्तरता दिइने छ । कृषि सामग्री कम्पनीले डिएपी प्रतिबोरा दुई हजार १ सय ८८ र युरिया ७ सय ३८ रुपैयाँमा सहकारी संस्थालाई बिक्री गर्दै आएको छ ।।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X