All for Joomla The Word of Web Design

पहिलो पटक काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ हुने

global-cyber_security

काठमाडौं, ८ साउन । साइबर सुरक्षाबारे नेपालीहरुलाई सचेत गराउने उद्देश्यले पहिलो पटक काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ हुने भएको छ ।

यही साउन ११ र १२ गते काठमाडौंमा आयोजना हुने समिटमा विश्व परिवेशमा साइबर सुरक्षाका विभिन्न आयामहरुको बारेमा छलफल गरिने आयोजक एनपीसर्टले जानकारी दिएको छ ।

सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै एनपीसर्टले समिटमा व्यापार तथा वित्त क्षेत्रको आवश्यकताअनुसार साइबर सुरक्षाका नयाँ क्षेत्रहरुको पहिचान गर्नुका साथै साइबर कानून, साइबर नीति र साइबर सुरक्षाका अभ्यासहरुको विश्लेषण र निदानका विषयमा गम्भीर छलफल गरिने बताएको छ ।

सूचना प्रविधि क्षेत्रमा आवद्ध व्यावसायिक व्यक्ति, सुरक्षा विज्ञ, सरकारी अधिकारी, व्यवसायी तथा विद्यार्थीहरुको सहभागिता रहने उक्त समिटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट कार्यपत्र प्रस्तुती, प्यानल डिस्कसन, कि–नोट लेक्चर लगायतका कार्यक्रम रहनेछन् ।।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X