All for Joomla The Word of Web Design

मुलकभर ७२ दशमलव ६ प्रतिशत धान रोपाई

dhan-ropai

काठमाडौं, १५ साउन ।  मुलकभर ७२ दशमलव ६ प्रतिशत धान रोपाई भएको छ । आईतबारसम्ममा मुलुकभर उक्त परिमाणमा धान रोपाई भएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रलयले जनाएको छ ।

मुलुकभर १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य राखिएकोमा हालसम्म ११ लाख १८ हजार ६ सय २६ हेक्टर क्षेत्रफलमा धान रोपाई भइसकेको छ । रोपाई भएको मध्ये सबैभन्दा बढी नेपालको उच्च पहाडमा ७४ दशमलव ९१ प्रतिशत धान रोपिएको छ ।

जहाँ ५८ हजार १ सय ५८ हेक्टर क्षेत्रफलमा धान रोप्ने अपेक्षा गरिएकोमा अहिलेसम्ममा ४३ हजार ५ सय ६९ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । त्यसपछि मध्य पहाडमा ७३ दशमलव २६ प्रतिशत धान रोपिएको छ ।

३ लाख ९९ हजार ६ सय ७५ हेक्टर क्षेत्रफलमा धान रोप्ने अपेक्षा गरिएकोमा २ लाख ९२ हजार ७ सय ९६ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । मुलुकको सबैभन्दा बढी धान रोपाइ हुने क्षेत्रफल तराईमा ७१ दशमलव ४७ प्रतिशत धान रोपिएको छ । १० लाख ९४ हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य राखिएकोमा हालसम्म ७ लाख ८२ हजार २ सय ६२ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ ।।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X