All for Joomla The Word of Web Design

ग्लोबल रिचको एजुकेशन फेयर

education fair

काठमाडौं, २० साउन । अष्ट्रेलियन युनिभर्सिटीले शनिबार काठ्माडौंमा ग्लोबल रिच एजुकेशन फेयर आयोजना गरेको छ । युनिभर्सिटीले सन् २०१२ देखि हरेक बर्षको २ पटक जुलाई र फेब्रुअरी महिनामा ग्लोबल एजुकेसन फेयर गर्दै आएको छ ।

बिषेश गरि स्नातक तह र सो भन्दा मथिल्लो तहमा अध्यायन गर्ने अष्ट्रेलिया जान ईच्छुक विद्यार्थीहरुलाई लक्षित गरी अष्ट्रेलियन युनिभर्सिटीले एजुकेसन फेयर गर्ने गरेको हो । यस बर्ष आयोजित फेयरमा अष्ट्रेलियाका ३५ वटा युनिभर्सिटी र शैक्षिक संस्थाहरुको सहभागिता रहेको आयोजकले बताएको छ ।

विश्वका उत्कृट विश्व विद्यालयहरुको सहभागिता रहेको एजुकेसन फेयर आजसम्म कै सबै भन्दा ठूलो एजुकेसन फेयर रहेको आयोजकको दाबी छ । एजुकेशन फेयरमा ईच्छुक विद्यार्थीहरुले सोझै आफ्नो ईच्छा अनुसारका युनिभर्सिटीले प्रदान गर्ने छात्रवृत्रि र सेवा सुविधाहरुको बारेमा त्यहाका प्रतिनिधिहरुसंग अन्तकृया गर्न सक्नेछन् । जुलाई र फेब्रुारी महिनामा नयाँ शैक्षिक सत्रहरुका लागि अष्ट्रेलियन युनिभर्सिटीले विद्यार्थीहरुसंग आवेदन फारम संकलन गर्ने गरेको छ ।।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X