All for Joomla The Word of Web Design

चाबहिलको केएल मोबाइल हबमा मेला आयोजना

mobile-mela

काठमाडौं, २० साउन । काठमाडौंको चाबहिलस्थित केएल मोबाइल हबले जिरो डाउनपेमेन्टका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्रान्डका मोबाइल उपलब्ध गराउने भएको छ ।

मोबाइल हबले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा साउन १९ गते शनिबारदेखि चाबहिलको केएल मोबाइल हबमा मेला आयोजना गर्दै यस्तो अफर सञ्चालनमा ल्याएको हो । मोबाइल हबका अनुसार मोबाइल मेलामा जुनसुकै ब्रान्डका जुनसुकै मोबाइल शून्य प्रतिशत डाउनपेमेन्टका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिनेछ ।

ग्राहकले मोबाइलको ब्रान्ड र मूल्यअनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाइल खरिद गर्न सक्ने मोबाइल हबले जनाएको छ । मेला अवधिमा हबमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्नसमेत सक्नेछन् ।।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X