loader

Business News

मुलुकको योजना तर्जुमा गर्ने मुख्य निकाय राष्ट्रिय योजना

yojana aayog

yojana aayog

मुलुकको योजना तर्जुमा गर्ने मुख्य निकाय राष्ट्रिय योजना आयोगको पुनर्संरचना तीन महिनाभित्र टुंग्याइने भएको छ। आयोगका नवनियुक्त उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले कार्यकालको पहिलो बैठकमै आयोग पुनसंरचनासम्बन्धी महत्वपूर्ण निर्णय गरेका छन्।

बैठकाले संघीय संरचना अनुकूल हुनेगरी तीनै तहका सरकारका योजना प्रक्रिया र तहगत योजनाबीचको अन्तरसम्बन्धको स्वरुप निर्धारण गर्ने निर्णय गरेको छ। त्यस्तै विकासशील मुलुकमा स्तरोन्नति र सन् २०३० सम्म मध्यम आययुक्त मुलुक बनाउन आवश्यक दीर्घकालीन विकासको सोच माघ मसान्तसम्म तयार गर्ने निर्णय आयोगले गरेको छ।

आर्थिक समृद्धिका लागि आवश्यक रणनीतिक पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा स्वदेशी÷विदेशी लगानी अनुकूल वातावरण सिर्जना गर्न नीतिगत, कानुनी र आर्थिक सुधारका कार्यक्रम शीघ्र अघि बढाउने निर्णय पनि आयोगले गरेको छ।



फेसबुकबाट तपाईको प्रतिक्रिया लेख्नुहोला ।

तपाईको प्रतिक्रिया पठाउनुहोला।