बुधवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई दशमलब पाँचपाँच अंकले वृद्धि, कारोबार रकम अघिल्लो दिनको तुलनामा झण्डै ३५ करोड रुपैयाँले कमी ।
बुधवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई दशमलब पाँचपाँच अंकले वृद्धि भएको छ । नेप्से बुधवार एक हजार पाँच सय सतासी दशमलब पाँच छ अंकमा पुगेको छ । शेयरबजार समग्रमा शुन्य दशमलब छ एक छ प्रतिशतले बढेको हो । १ सय ५२ कम्पनीका १९ लाख १४ हजार ६ सय ५९ कित्ता सेयर ६४ करोड २ लाख ४४ हजार ९ सय ८८ रूपैयाँमा कारोबार भएको छ ।
कारोबार रकम अधिल्लो दिनको तुलनामा झण्डै ३५ करोड रुपैयाँले कमी हो । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलब एक दुई अंकले बढेर ३ सय ३६ दशमलव नौ दुई अंकमा पुगेको छ । विहिबार कारोबार भएकामध्ये बैँकिङ समुह तीन दशमलब पाँच नौ, विकास बैँक सात दशमलब दुई नौ र इन्सुरेन्स समुहको २७ दशमलब सात एक अंकले बढेको छ ।
यस्तै होटल समुह नौ दशमलब सात, जलविद्युत छ दशमलब सात दुई, फाइनान्स १३ दशमलब एक एक र अन्य समुह शुन्य दशमलब पाँच आठ अंकले घटेको छ ।
तपाईको प्रतिक्रिया पठाउनुहोला।