loader

Business News

सरकारले नेपाल आयल निगमको जग्गा खरिदमा भएको भनिएको

priminister

priminister

सरकारले नेपाल आयल निगमको जग्गा खरिदमा भएको भनिएको भ्रष्टाचारबारे छानबिन गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जग्गा खरिद्मा भएको भनिएको भ्रष्टाचारबारे छानबिन गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । प्रधानमन्त्री कार्यालयले छानविन प्रतिवेदन १५ दिनभित्र पेश गर्न भनेको छ।

निगमले पेट्रोलियम पदार्थको भण्डारणका लागि झापा, सर्लाही, चितवन र भैरहवामा ७६ बिगाहा जग्गा खरिद् गरेको थियो । खरिद् गर्दा दलालसँगको मिलेमतोमा ठूलो रकम भ्रष्टाचार गरेको ठहर गर्दै संसद्को सार्वजनिक लेखा समितिले भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेपछि प्रधानमन्त्री कार्यालयले छानबिनको निर्देशन दिएको हो।

यसैगरी, प्रधानमन्त्री कार्यालयले रौतहटको गरुडामा खाल्डोमा जमेको पानीमा डुबी बालिकाहरुको निधन भएको विषयमा पनि छानबिन गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयले घटनाको छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो। 



फेसबुकबाट तपाईको प्रतिक्रिया लेख्नुहोला ।

तपाईको प्रतिक्रिया पठाउनुहोला।






Warning: mysql_fetch_array() expects parameter 1 to be resource, boolean given in /home/businessplus/public_html/latest_det.php on line 109