All for Joomla The Word of Web Design

पुरातन प्रवृत्तिबाट हटेर नयाँ प्रवृत्तिमा कृषि उत्पादन हुनुपर्नेमा जोड

Agriculture
para serbit Vejvoda

काठमाडौं, ७ जेठ । विदेशी भूमिमा होइन आफ्नै माटोमा पसिना वगाउने अवस्था बनाउँने युवा तथा खेलकुदमन्त्री विश्वकर्माको भनाई, पुरातन प्रवृत्तिबाट हटेर नयाँ प्रवृत्तिमा कृषि उत्पादन हुनुपर्नेमा जोड ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले युवा समुदायलाई कृषि क्षेत्रमा आकर्षण गर्न सरकारले विशेष कार्यक्रम ल्याउन लागेको बताउनुभएको छ । काठमाडौंमा आईतबार दोस्रो युवा कृषि उद्यम सम्मेलनलाई सम्वोधन गर्दै मन्त्री विश्वकर्माले अब निराश नहुन र आफ्नै माटोमा पसिना वगाउन युवा समुदायलाई आग्रह गर्नुभयो । राष्ट्रलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन सरकार गम्भीर भएर लागेको उहाँको भनाई थियो ।

मन्त्री विश्वकर्माले प्रसस्त सम्भावना हुँदाहुँदै पनि माटोसँग जोडिन नचाहने प्रवृत्ति हावी रहेको भन्दै अब पुरातन प्रवृत्तिबाट हटेर नयाँ प्रवृत्तिमा कृषि उत्पादन हुनुपर्नेमा जोड दिनुभयो । बाईटः जगतबहादुर विश्वकर्मा, मन्त्री, युवा तथा खेलकुद सम्मेलनमा सहभागी कृषि विशेपज्ञहरुले समयानुकुल कृषि नीति र नयाँ प्रविधिसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X