All for Joomla The Word of Web Design

आर्थिक बर्ष २०७५÷०७६ को बजेटमाथिको छलफल सुरु

आर्थिक वर्ष २०७५÷७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन
Donec odio. Quisque volutpat mattis eros. Nullam malesuada erat ut turpis.

काठमाडौँ, १७ जेठ । संघीय संसदमा बिहिबारदेखि आर्थिक बर्ष २०७५÷०७६ को बजेटमाथिको छलफल सुरु भएको छ । संघीय संसदको संयुक्त बैठकमा गत मंगलबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०७५÷७६ को बजेटमाथि विहिबारदेखि छलफल सुरु भएको हो । बजेटको सत्तारुढ दलका सांसदहरुले बचाउ गरेका छन् भने प्रतिपक्षी दलले आलोचना गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद हृदेश त्रिपाठीले कर बढाउने नभई करदाताको दायारा बढाउनुपर्नेमा जोड दिनुभयो । वित्तिय क्षेत्रको मनोमानी नियन्त्रण गर्न सरकारको ध्यानकर्षण गराउँदै उहाँले उखु किसानको मात्रै १० अर्ब भुक्तानी गर्न बाँकी भएकाले त्यसको प्रत्याभुति गर्न माग गर्नुभयो ।

राजपाका सांसद शरदसिंह भण्डारीले बजेट विभेदकारी भएको टिप्पणी गर्नुभयो । उहाँले संघीय संरचनामा संघको आकार अनुसार बजेट विनियोजन नगरिएको बताउनुभयो । कृषिमा बजेट घटाईएको, राष्ट्रपति चुरे संरक्षण अभियानलाई आवश्यक बजेट विनियोजन नगरिएको भन्दै आपत्ति जनाउनुभयो ।

सांसद प्रेम सुवालले आगामी आर्थिक बर्षका लागि सरकारले अबलम्बन गरेको नीति तथा कार्यक्रम समाजवादउन्मुख हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले सरकारले भक्तपुरको सिपाडोल लगायतको क्षेत्रमा जग्गा एकिकरण गरि अन्तर्राष्ट्रिय रंगशाला बनाउने योजनाको विरोध गर्नुभयो ।

सांसद राजेन्द्र गौतमले बजेटमा नागरिकलाई काम र रोजगारी, स्वास्थ्य र विकास मार्फत सम्वृद्ध नेपाल निर्माणका लागि कृषि, सिंचाई, खानेपानी, औद्योगिकरण, परियोजनामा आधारित श्रृण उपलब्ध गराउने लगायत कार्यक्रम अत्यन्तै राम्रा रहेको बताउनुभयो ।

सांसद मानबहादुर विश्वकर्माले बजेट महत्वकांक्षी भएको तथा प्राथमिकता छरिएकाले जनतामुखी हुन नसकेको टिप्पणी गर्नुभयो ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X