All for Joomla The Word of Web Design

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन हुने

Tribhuvan International Airport, International Terminal
para serbit Vejvoda

काठमाडौं, ९ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन हुने भएको छ । यात्रुलाई सहजरुपमा सेवा दिन भन्दै विमानस्थल सोमबारदेखि दैनिक २१ घण्टा सञ्चालन गरिने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहान ६ बजेदेखि भोलिपल्ट विहान ३ बजेसम्म विमानस्थल सञ्चालन गरिने बताएको छ । अब विमानस्थल बिहान ३ बजेदेखि ६ बजेसम्म मात्र बन्द रहने छ । विमानस्थल दैनिक २१ घण्टा सञ्चालनका लागि आवश्यक तयारी पूरा गरिएको प्राधिकरणले जनाएको छ ।

यात्रुको बढ्दो चापलाई व्यवस्थापन गर्न र ट्राफिक जामको समस्या हटाउन विमानस्थल २१ घण्टा सञ्चालन गर्न लागेको प्राधिकरणले जनाएको छ । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक ४ सय ५० उडान हुने गरेको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आफ्नो सय दिने कार्ययोजना मार्फत विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गर्नुभएको थियो ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X