All for Joomla The Word of Web Design

सरकारले चिनियाँ भाषामा नेपाल टुरिजम वेबसाईट सञ्चालनमा ल्याएको छ

nepal tourism board chiness lannguage
Cras eget sem nec dui volutpat ultrices.

काठमाडौं, ९ जेठ । सरकारले चिनियाँ भाषामा नेपाल टुरिजम वेबसाईट सञ्चालनमा ल्याएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी र नेपालका लागि चीनका राजदुत यू होङले चिनियाँ भाषामा तयार पारिएको नेपाल टुरिजम वेबसाईटको सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच उदघाटन गर्नुभएको हो । कार्यक्रममा मन्त्री अधिकारीले चिनियाँ पर्यटकहरुको गुणात्मक वृद्धि गर्न चिनियाँ भाषामै वेबसाईट सञ्चालन गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले आगामी १० वर्ष भित्र मुलुकको आर्थिक वृद्धिदरमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पु¥याउने सरकारको लक्ष्य पूरा गर्न पनि चिनियाँ पर्यटकलाई नेपाल भित्रयाउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि चीनका राजदुत यू होङले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने नेपाल सरकारको लक्ष्य पूरा गर्न चीन सरकार नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन प्रतिवद्ध रहेको बताउनुभयो ।

राजदूत होङले नेपाल र चीनबीचको सम्बन्ध अझै घनिष्ट हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X